Thu. May 16th, 2024

प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ- मुख्यमन्त्री राई

- प्रदेश सरकारको तेस्रो वार्षिक उत्सव

काठमाडौं, २०७७ फागुन ३ गते सोमबार

प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले शून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउँनु भएको छ ।

प्रदेश सरकारको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउने काम भएको बताउनु भयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले भने सो कार्यक्रम बहिष्कार गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी प्रमुख अतिथि रहनु भएको सो  कार्यक्रमलाई दुवै पार्टीले बहिष्कार गरेका हुन्।

प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईको सरकारको वैधता समाप्त भएकाले आफ्नो दल कार्यक्रममा उपस्थित नभएको बताउनु भयो ।

प्रदेश सरकारले आफ्नो तेश्रो वार्षिक उत्सवका अवसरमा तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका समेत सार्वजनिक गरेको छ ।

Facebook Comments