Fri. Apr 26th, 2024

आज विश्व रेडियो दिवस

काठमाडौं, २०७७ फागुन १ गते शनिबार

“नयाँ संसार, नयाँ रेडियो ” नाराका साथ आज १० औ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औ सम्मेलनले सन् २०११ नोभेम्वर ३ तारिखमा हरेक वर्षको फेब्रुुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा पनि नयाँ परिबेशमा नयाँ रेडियो नाराका साथ आज रेडियो सँग सम्बन्धीत संस्थाहरुको अग्रसरतामा यो दिवस मनाईदै छ । नेपालमा हाल रेडियो नेपाल सँगै करिब आठ सयको हाराहारीमा नीजि तथा सामुदायिक एफ रेडियोहरु प्रशारणमा रहेका छन ।

यसै अवसरमा नेपालको सबैभन्दा जेठो प्रशारण संस्था रेडियो नेपालका कार्यकारी निर्देशक बुुद्दिबहादुर केसीले सबै रेडियो प्रशारण संस्था एंव रेडियोकर्मीहरुमा शुमकामना व्यक्त गर्दे महामारी र बिपदको अवस्थामा रेडियोले खेलेको भुमिकाको स्मरण गर्नूुभएको छ । कार्यकारी निर्देशक केसीले यस दिवसका अवसरमा सबै किसिमका रेडियोहरु वीच थप समन्वय , आपसी समझदारी र सहकार्य हुन सकेमा समाजको सकारात्मक परिवर्तनमा रेडियाको भुमिका अझै बढने अपेक्षा व्यक्त गर्नूभएको छ । रेडियो नेपाल

Facebook Comments