Sat. May 4th, 2024

चीनमा आजदेखि नयाँ वर्ष सुरु, हर्षउल्लास साथ वसन्त चाड मनाईदै

काठमाडौं, २०७७ माघ ३० गते शुक्रबार

चिनियाँ जनताको सबैभन्दा ठूलो वसन्त चाड आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईदैछ । मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना समेत गरिने भएकोले चिनियाँ समाजमा यस चाडको विशेष महत्व छ ।

स्वदेश वा विदेशमा रोजगारी अथवा अध्ययनका लागि गएकाहरु पनि यस चाडमा घर फर्किने हुनाले वसन्त चाडलाई पारिवारिक पुनरमिलनको चाड पनि भनिन्छ ।

यस चाडको अवसरमा चीनका अधिकांश सडक, पार्क, शैक्षिक संस्था, शहरदेखि ग्रामिण क्षेत्रका बस्तिसमेत विभिन्न रंगीचंगी ध्वाज पताका र विजुली वत्तिले सृगार गरेर सजाईएको छ ।

 

वसन्त चाडको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले पार्टी केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट सबै जातिका जनता, देश भरका समूहहरु, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाओ विशेष प्रशासनिक क्षेत्र, ताइवान र विदेशमा रहेका चिनियाँहरुलाई बसन्त चाडको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले सम्पन्न समाज निर्माण र पहिलो शताब्दीको लक्ष्य हासिल गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको संघर्षको इतिहास, नयाँ चीनको विकासको इतिहास र चिनियाँ सभ्यता इतिहासमा कोशेढुङ्गा रहेको उहाँले बताउनुभयो।

साथसाथै उहाँले चिनियाँ राष्ट्रको महान पुनरुत्थानको दिशामा एक महत्वपूर्ण पाइला हो भन्दै अहंकारी र स्वार्थी नभई दोस्रो शताब्दी लक्ष्य हासिल गर्न चीनले कडा परिश्रम गरिरहने कुरामा जोड दिनुभयो।

चिनियाँ वसन्त चाड संक्षिप्त परिचय 

 वसन्त चाड चिनियाँ जनताको सबैभन्दा ठूलो चाड हो, यस चाडलाई चिनिया भाषामा छुन् च्ये भनिन्छ । यो पारिवारिक पुनःमिलनको पर्व हो। आफ्नो गाउँघर छोडेर कामका लागि स्वदेश वा विदेश गएका अधिकाँश चिनियाँहरू यस चाडमा घर फर्कन्छन् ।

चिनियाहरुले मनाउने वसन्त चाड नेपालीहरुले मनाउने दशैं जस्तै हो । वसन्त चाडको अवधिलाई विश्व कै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ। चिनियाँहरूले परम्परागत चलन अनुसार नयाँ वर्षभन्दा पन्ध्र दिनअघि घरको सरसफाई गर्दै भान्छादेवको पूजाबाट शुरू गरी यस चाडमा मीठा मीठा परिकार तयार पार्ने, विभिन्न रंगी विरंगी ध्वजापतकालेघर सजाउने र नयाँ वर्षको पूर्वसँध्यामापरिवारका सबै सदस्य बसेर माछा, सुङ्गुरको खुट्टा र ममचा खाने, पटाका पड्काउने र देशविदेशको भ्रमण गरी नयाँ वर्षपछिको पन्ध्र दिनमा मनाईने लालटिन पर्वसँगै वसन्त चाडलाई विदा गर्छन्। वर्षभरिका लागि सुख शान्ति र बैभबका लागि हरेक घरका ढोकामा विशेषतायुक्त चित्रहरू टाँस्ने पनि गरिन्छ यस वसन्त चाडमा।

नयाँ वर्षको दिन चिनियाहरु हामी नेपालीहरुले दसैंको टीका थाप्नेजस्तै अग्रज आफन्तकहाँ गइ आशिक लिने चलन छ । वसन्त चाडमा अफिसहरू करिब सात दिन बन्द हुन्छन् । यस चाडले वर्षौंदेखि टाढा रहेका परिवारको मिलन गराउँछ। यसले सांस्कृतिक तथा भावनात्मक महत्व बोकेको हुन्छ र सबैले आफ्नो हैसियत अनुसार मनाउने गरेको पाइन्छ। छुन्चे ख्वाय ल भनेको वसन्त चाडको शुभकामना छ भनिएको हो।

वर्षभरि काम र माम अनि पढाइका लागि देश-परदेश पुगेका चिनियाँहरू जसरी पनि वसन्त चाडमा आ-आफ्नो जन्मघर फर्कने तरखरमा हुन्छन्। रेल हवाइजहाज र बसमा धेरै भिड भएको देखिन्छ यो बेलामा। जसरी नेपालमा पनि दशैँ पर्व परेको बेलामा देश परदेशबाट मानिसहरू आफ्नो जन्मस्थल फर्कने गर्दछन् त्यसरी नै चीनमा पनि देश परदेशबाट आफ्नो जन्मथलो फर्कने गरिएको दखिन्छ। रेल, हवाइजहाज तथा बसहरूले सिट संख्या व्यापक मात्रामा थपेका हुन्छन्। तथ्याङ्कले भन्छ कि करिब दुई अर्व चिनियाँ जनता वसन्त चाडका अवधिमा ओहोरदोहोर गर्दछन्। यो संख्या भनेको व्यापक नै हो।

त्यसै गरेर यस पर्वका अवधिमा सरकारले राष्ट्रिय विदाको घोषणा गर्दछ। नेपालमा पनि दशैँका अवशरमा सरकारी विदा हुने गर्दछ अनि कम्पनीहरूले पनि आफ्नो नियम र परिधिबमोजिम् आफ्ना कर्मचारीलाई बोनस दिने र विदा पनि दिने गरेको पाइन्छ। चिनियाँ चन्द्रपात्रोअनुसार यो पर्वबाट नै चिनियाँ नववर्ष सुरु हुने गर्दछ र यो उत्सव नै चिनियाँ तथा चिनियाँ मूलका मानिसहरुका लागि सबैभन्दा ठूलो पर्ब हो। यस वर्ष चिनियाहरु गोरु वर्ष भव्य रुपमा मनाउदैछन् । मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना गर्नेसमेतको उत्सव हो भनेर वसन्त चाडलाई चिनाउन सकिन्छ।

Facebook Comments