Fri. May 17th, 2024

नरपानी बस दुर्घटनामा मृत्युहुनेहरुको संख्या १७ पुग्यो

सन्धिखर्क, २०७६ मंसिर ११ गते बुधबार ।

सन्धिखर्क अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ६, नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। अहिलेसम्म १७ जना को मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिनुभयो।

घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ। घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो। घाइतेको उद्धार जारीरहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो।

Facebook Comments