Sat. May 4th, 2024

हुम्लाको सिमकोटमा टिपर दुर्घटना, तीनजनाको मृत्यु १२ जना घाइते

हुम्ला, सिमकोट, २०७६ मंसिर ११ गते बुधबार ।

हुम्लाको सिमकोटमा टिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ढुवानी गरिरहेको टिपर दुर्घटना हुँदा सो संख्यामा मानिसहरु हातहाती भएका हुन् । । केरुङ तिब्बती मार्ग हुँदै हिल्साबाट सल्लीसम्म गाडीमा ढुवानी भएको खाद्यान्न सल्लीबाट सिमकोट ढुवानी गर्ने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा टिपर दुर्घटना भएको हो ।

गाडी दुर्घटनामा परि नाम्खा गाउँपालिका वडा नम्बर १ हेक्पाकी महिला नरी लामा र पुरुष रिछिङकर्मा लामाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एकजना मृतकको नाम खुलेको छैन ।

लु ४ ख नम्बरको टिपर दिउँसो साँढे ३ बजे दुर्घटना भएको हो । घाईते हुनेमा सिमकोट गाउँ वडा नम्बर ६ का खगेन्द्र रावत, सन्तोष सुनार, बक्त रोकाया, कमल रोकाया, अकिल रोकाया, रामकुमार सुनार, नरबिर सुनार, अंग फडेरा, घनसिंह भण्डारी र नाम्खा १ का खिउदार तामाङ र नाम्ग्याल तामाङ, नटुक लामा रहनुभएको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार घाईते मध्य नौजनालाई गाडीमा उद्दार गरिएको थियो भने तीनजनालाई घटनास्थलमा स्टेचरमा ल्याईएको थियो । सिमकोट ६ का स्थानीय सबै चिनियाँ चुलो ल्याउन जानु भएको थियो । घाईते सबै जनाको  जिल्ला अस्पतालमा उपचार भैरहे पनि अबस्था गम्भीर रहेको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

अस्पतालमा पनि जनशक्तिको अभाव रहेकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचार गर्न भ्याई नभ्याई भएको छ । त्यसैगरी, गाडी चालक आनन्द तामाङ, एकजना महिला डिचिन तामाङ र निजकी छोरी सन्ध्या पाण्डे सामान्य घाईते हुनुभएको छ । उहाँहरु तीनै जना घटनास्थलबाट हिंडेर सिमकोट आई पुग्नुभएको थियो । चालक तामाङलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

घटनास्थलका प्रत्यक्षदर्सी डाँडाफयाकी स्न्यायी शाहीका अनुसार सडकबाट १५ मिटर तल खसेको गाडी दुईपटक पल्टिएको र गाडी पल्टिए सँगै यात्रुहरु चिच्याएको आवाज आएको थियो ।
हुम्ला जिल्लामा यो तेस्रो सवारी दुर्घटना हो । यसअघि असार ३ गते बोलेरो जीप कर्णाली नदीमा दुर्घटना हुँदा ११ जना मारिएका थिए भने कार्तिक २३ गते सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को सार्कीबाडामा दुर्घटना भएको थियो ।

Facebook Comments