Fri. May 3rd, 2024

तिब्बतमा गाउँलेको आम्दानी एक सय गुणाले बढ्यो

काठमाडौं, २०७७ माघ २८ गते बुधबार

चीनको तिब्बत स्वायत्त प्रदेश तिब्बती पात्रोको नव वर्ष र चिनियाँ परम्परागत पात्रोअनुसार वसन्त चाड मनाउने बेलामा तिब्बती शाननान शहरीय नाइतुङ जिल्ला छाङ चु बस्ति ख सुङ समुदाय आवासमा व्यस्त दृश्य देखिएको छ।

शाननान शहरबाट खसुङ समुदायसम्म पुग्न गाडीद्वारा दश मिनेट मात्र लाग्छ। यस समुदायको आवासलाई तिब्बतमा प्रजातान्त्रिक सुधार गर्ने पहिलो गाउँ मानिएको छ। लगभग ६० वर्षअघि यस आवासले सर्वप्रथम प्रजातन्त्रिक सुधार गर्नुका साथै तिब्बती इतिहासमा पहिलोपटक मुक्त भूदासबाट सहभागी प्रजातान्त्रिक निर्वाचनको आयोजना गरेको थियो। यहाँ तिब्बतको पहिलो गाउँस्तरीय चिनियाँ कम्युनिष्ट पार्टी समिति, पहिलो किसान संघ र पहिलो जन समूहको स्थापना भएको छ।

खसुङ समुदाय आवास समितिका जिम्मेवार व्यक्तिका अनुसार, स्थानीय बासिन्दाको सरदर वार्षिक आम्दानी २२ हजार ३ सय १ युआन पुगेको छ। यो सन् १९७८ को तुलनामा १११ गुणाले वृद्धि भएको छ। चालीस वर्षमा ठूलो फड्को मारेको छ।

प्रजातान्त्रिक सुधारअघि खसुङमा ३०२ जना भूदास थिए। त्यसबेला सबै परिवार पशुसँगसँगै टहरामा बस्नुका साथै हरेक दिन सूर्य नउदाएको बेला नै उठेर काम थाल्नुपर्ने ७८ वर्षीय वृद्ध सोलाङ टनचुले सम्झना गर्नुभएको छ।

सन् १९५९ मार्चमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नेतृत्वमा तिब्बतका विभिन्न जातिय सर्वसाधारणले प्रजातान्त्रिक सुधार गरेर भूदासबाट मुक्त भएका थिए।  बिसौं शताब्दीको ८०औं दशकमा सुधार तथा खुलापनले पठारभूमिमा किसानहरूको जैविक शक्तिलाई प्रोत्साहन गरेको छ। भूदासको सन्तान थुतोले गाउँमा पहिलो ट्रक किनेका थिए। तावा ट्रेरेनले चाउचाउ कारखाना सञ्चालन गरेर गाउँलेको आम्दानी वृद्धिमा सहयोग गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि ख सुङ समुदाय आवासमा फेरि ठूलो परिवर्तन भएको छ। राष्ट्रले चार करोड युआनको लगानी गरेर पर्यावरणीय सभ्यता तथा सम्पन्न नमूनाको निर्माण सुरू गरेको छ। त्यहाँ जल, बिजुली, वृक्षारोपन प्रणालीको पुनर्निर्माण गर्नुका साथै सेवा केन्द्र, ग्रामीण पुस्तकालय, तालिम कक्ष, मनोरञ्जन कक्षको निर्माण पनि गरिएको छ। कृषिमा यांत्रिकीकरण दर ९८ प्रतिशत पुगेर अन्नपातको उत्पादन मात्रा प्रजातान्त्रिक सुधारअघिभन्दा लगभग तीन गुणा बढेको छ। सन् २०१९ मा ग्रामीण अर्थतन्त्रको कुल आम्दानी ३ करोड ८० लाख युआन पुगेको छ। गाउँमा १२ सहकारी संघको स्थापना भएको छ। ढुवानी र पर्यटनको विकास गर्न गाउँमा ४५ वटा गाडी छन्।

हाल खसुङ समुदाय आवासमा खसुङ सङ्ग्रहालयको स्थापना गरिएको छ। सङ्ग्रहालयको ढोकामा “पानी खाएपछि कुवा बनाउनेलाई बिर्सनुहुँदैन, नयाँ जीवन बिताउँदा चिनियाँ कम्युनिष्ट पार्टीलाई बिर्सनुहुँदैन” भन्ने ब्यानर राखिएको छ। यो इतिहासको प्रमाण हो। यो जनताको आवाज हो। सीआरआई

Facebook Comments