Fri. Apr 19th, 2024

भाटभटेनीका सञ्चालक गुरुङ दुई कराेड धरौटीमा रिहा

काठमाडौं, २०७७ माघ २२ गते बिहीबार

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुट्नुभएको छ ।

विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले सो कुराको जानकारी दिनुभयो । व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हाे ।

गुरुङ विरुद्ध अख्तियारले जग्गाधनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

Facebook Comments