सिन्धुलीमा टाटा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु र तीन बेपत्ता
- सुनकोशी नदीमा टाटा सुमो खस्दा तीन जनाको मृत्यु ।
- तीन जना बेपत्ता, चार जनाको उद्धार ।
- सशस्त्र प्रहरीका गोताखोरसहित सुरक्षाकर्मी उद्धारमा खटिए ।
काठमाण्डू । सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा चालकसहित तीन जनाको मृत्यु भएको छ । काठमाण्डूबाट खोटाङतर्फ जाँदै गरेको सुमो आज बिहान अनियन्त्रित भई नदीमा खसेको हो ।
उक्त सवारीसाधनमा १० जना यात्रु रहेको जनाइएको छ । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्था घुर्मीतर्फ पठाइएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै, ओखलढुङ्गाको अस्थायी मनसुन बेस हर्कपुरबाट १० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पनि उद्धार कार्यमा खटिएको छ । रासस
Facebook Comments

