इतिहासको दोबाटोमा: सिचाङको ७० वर्षको यात्रा
पैचिङ । हाल, म चिनियाँ लेखक लियु छिङको पुस्तक पढ्दैछु। त्यसमा एउटा वाक्यको मुख्य अर्थ यस्तो छ: कुनै पनि व्यक्तिको जीवनको बाटो सिधा हुँदैन, कुनै न कुनै क्रसरोड हुन्छ। प्रत्येक क्रसरोडमा छनौटले पुरै जीवनलाई प्रभावित गर्नेछ। त्यसैले मैले सोचेँ, इतिहास पनि शायद यस्तै हो।

सन् १९५१ मा सिचाङ “जीवनको क्रसरोड” मा उभिएको थियो। त्यसबेलामा, नयाँ चीन केही समयअघि मात्रै स्थापना भएको थियो भने पुरानो सिचाङमा अझै माथिल्लो स्तरीय भिक्षु र कुलीनको विशेषाधिकारमा आधारित राजनीतिक-सांस्कृतिक एकिकृत सामन्ती दास प्रणाली चलाइरहेको थियो। त्यतिबेला ९५ पतिशतका तिब्बतीहरूसँग व्यक्तिगत स्वतन्त्रता समेत थिएन, उनीहरूलाई किनबेच वा हस्तान्तरण गर्न सकिन्थ्यो, र प्रायः विभिन्न कठोर सजाय दिने पनि गरिन्थ्यो। यसको अँध्यारो र क्रूरता मध्यकालीन पश्चिमी यूरोपको दास प्रणालीभन्दा पनि भयंकर थियो।
नयाँ र पुरानोको क्रसरोडमा, सिचाङले सही निर्णय गर्यो: सन् १९५१ मे २३ तारिखमा चिनियाँ केन्द्रीय जन सरकार र सिचाङ स्थानीय सरकारले पैचिङमा ‘सत्र बुँदे सम्झौता’ मा हस्ताक्षर गरेका थिए, सिचाङ शान्तिपूर्वक मुक्त भयो र औपचारिक रूपमा मात्रृभूमिको ठूलो परिवारमा फर्कियो। किन ‘फर्कियो’ भनिन्छ? किनभने सन् १२४७ मा सिचाङको स्थानीय शासनले स्वतन्त्र रूपमा चीनको केन्द्रिय राजवंशको अधीनमा आएर औपचारिक रूपमा चीनको नक्सामा समाहित भएको थियो। त्यसपछिका ७०० भन्दा बढी वर्षमा, सिचाङ स्थानीय शासनका नेतागणले सधैँ सिचाङ केन्द्रिय सरकारको प्रशासनिक क्षेत्र भएको भनेर स्वीकार गरेका छन्।
हामी समय रेखालाई सिचाङको शान्तिपूर्ण मुक्तितिर लैजान्छौँ, लोकतान्त्रिक सुधार गरेपछि, सिचाङले दास प्रणाली अन्त्य गर्यो, जसले राजनीति, व्यक्तिगत अधिकार, उत्पादन सम्बन्ध, समाज तथा संस्कृति र जनजीवनजस्ता क्षेत्रमा मूलभूत परिवर्तन हासिल गर्यो। सन् १९६१ मा सिचाङले पूर्ण लोकतान्त्रिक मतदान गरेर विभिन्न तहका जनशक्ति शासन निकायको निर्वाचन गरेको थियो र सन् १९६५ मा सिचाङ स्वायत्त प्रदेश औपचारिक रूपमा स्थापना भयो, लाखौँ दासहरूले संविधानबाट उपलब्ध गराइएका सबै राजनीतिक अधिकारहरू पहिलो पटक पाए।
सत्तरी वर्ष भन्दा बढीको लगातार विकासपछि, आजको सिचाङ कस्तो छ होला? सायद केही तथ्याङ्कले सिचाङमा अर्थतन्त्र, समाज, संस्कृति आदिमा भएको परिवर्तन देखाउनसक्छ:
सन् २०२५ मा, सिचाङको कुल जीडीपी ३ खर्ब युआनभन्दा बढी पुगेको छ, जुन सन् १९६५ को तुलनामा १७० गुणा हो; सिचाङको राजमार्ग मार्गको कुल दूरी सन् १९६५ को १४ हजार किलोमिटरबाट १ लाख २५ हजार किलोमिटरसम्म बढेको छ, सबै गाउँ-बस्तीमा सडकको सञ्चालन दर १०० प्रतिशत पुगेको छ, र १८३ वटा अन्तर्राष्ट्रिय तथा घरेलु हवाईमार्ग सञ्चालित भएका छन्।
स्वास्थ्य सुविधा अत्यन्त कम रहेको अवस्थाबाट पूर्ण रुपमा सहर र गाउँमा स्वास्थ्य सेवा सञ्जालको निर्माण गरिएको छ, पुरै स्वायत्त प्रदेशको औसत आयु ३५.५ वर्षबाट बढेर ७२.५ वर्ष पुगेको छ। सरकारले तिब्बती भाषाको सिकाइ र प्रयोगमा पूर्णरूपले समर्थन गरिरहेको छ। यस वर्ष मार्चमा, विश्वमा तिब्बती भाषाको पहिलो मोडल-डीपचाङ सार्वजनिक गरिएको छ, यसबाट कृत्रिम बुद्धिमत्ताको युगमा सिचाङको जातीय भाषाले आफ्नो आवाज पनि पाएको छ। चीनको केन्द्र सरकारले तिब्बती बौद्ध धर्मावलम्बीहरूको धार्मिक विश्वासको सम्मान गर्दै परम्परागत चाडपर्व र जातीय जीवनशैलीको संरक्षण गरेको छ, र कुल १ अर्ब ४५ करोड युआन लगानी गरेर पोताला दरबार, शाक्य गुम्बा जस्ता सांस्कृतिक सम्पदाको मर्मत र संरक्षण गरेको छ।
ब्रह्मपुत्र नदीका लहर समयका साथ अघि बगिरहेको छ। सत्तरी वर्षअघि, जब लाखौँ दासहरू अझै आफ्नो मालिकको क्षेत्रमा जंजीरले बाँधिएका थिए र आफ्नै खुट्टा चलाउने अधिकार समेत थिएन; आजको सिचाङमा, हरेक सडकले हरेक सुखमय घर जोडेका छन्। हरेक परिवारको सुखद जीवन भनेको सत्तरी वर्षअघि इतिहासको क्रसरोडमा सिचाङले सबैभन्दा सही निर्णय गरेको नतिजा हो। आजको सिचाङको हावामा अझ सुरक्षित र समृद्ध भविष्यतर्फको आशा लुकेको छ।

