चीनको वैदेशिक व्यापारको हरित विकासबाट विश्व लाभान्वित
पैचिङ । हाल चीनको राष्ट्रिय अत्याधुनिक उत्पादन सम्मेलन पैचिङमा आयोजना गरिएको छ। सम्मेलनमा राष्ट्राध्यक्ष सीले बुद्धिमत्ता, हरियालीकरण र मिल्दोजुल्दो दिशालाई कायम राख्दै अत्याधुनिक उत्पादनलाई सशक्त पारी चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउनका लागि शक्तशाली समर्थन गर्दै जाने कुरामा जोड दिनुभएको छ।
विश्लेषकका अनुसार, उहाँको भनाइमा उल्लिखित हरियालीकरण सम्बन्धी निर्देशनले अत्याधुनिक उत्पादनको भावी विकासका लागि अझ बढी नयाँ तत्व थपिदिनुका साथै हरित व्यापार परिधिको विस्तार गर्नका लागि नयाँ जिवन्त शक्ति पनि दिएको छ।
भविष्यमा चीनको अत्याधुनिक उत्पादन बुद्धिमत्ता, हरित र मिल्दोजुल्दो रूपमा विकसित हुने सिलसिलामा वैदेशिक व्यापार पनि हरित लक्ष्यतर्फ लम्कैँदै जानेछ। त्यसले विविध मुलुकको विकासका लागि झन् बढी हरित शक्ति र उर्जा ल्याउनुका साथै विश्वव्यापी जलवायु सञ्चालनका लागि अझ बढी चिनियाँ योगदान पनि गर्दै जानेछ।

