विभिन्न राजमार्गको अद्यावधिक अवस्था: कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु (विवरणसहित)
भिओके समाचार/काठमाण्डू । बागमती र कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार सडक विभाग तथा प्रहरीको पछिल्लो विवरण अनुसार राजमार्गका केही खण्ड पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा आलोपालो वा समय सीमा तोकेर सवारी सञ्चालन गरिएको छ।
बागमती प्रदेश
-
बीपी राजमार्ग (काभ्रे): खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडक खण्डमा सम्भावित बाढीका कारण भदौ १६ गतेदेखि अर्को सूचना नभएसम्म साँझ १९:०० देखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन हुनेछन्। साथै, बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म परिस्थितिको विचार गरी सवारी साधन सुचारु गरिने जनाइएको छ।
-
त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक (रसुवा): उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण सडक लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, मुख्य राजमार्गका अन्य स्थानमा पनि भदौ १० देखि अर्को सूचना नभएसम्मका लागि बाटो पूर्ण अवरुद्ध छ।
-
टोखा-छहरे सडक (नुवाकोट): शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा पहिरो र बाढीका कारण भदौ १ गतेदेखि रातिको समय (२२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ।
-
पसाङ ल्हामु सडक (नुवाकोट): वेत्रावती नगरपालिका-१० सिमटारमा बाढीका कारण भदौ १० गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ।
-
पृथ्वी राजमार्ग (धादिङ):
-
बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा पहिरोका कारण भदौ १४ देखि सडक पूर्ण रूपमा अवरुद्ध छ।
-
बेनिघाट रोराङ-१० जवाङखोला र शितलबजार क्षेत्रमा पहिरो पन्छाएर बाटो एकतर्फी सुचारु गरिएको छ।
-
-
पृथ्वी राजमार्ग (चितवन): बेनिघाट रोराङ-१० जवाङखोला नजिक सडक मर्मतको काम भइरहेकाले यातायात एकतर्फी सुचारु छ।
-
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा भदौ २५ गते बिहान आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेश
-
कर्णाली राजमार्ग (कालिकोट): शुभकालिका गाउँपालिका-१ गगने खोलामा भदौ २६ गते १८:३० बजे गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
गन्तव्यतर्फ लाग्नुअघि सम्बन्धित क्षेत्रको सडक अवस्था र प्रहरीको अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
Facebook Comments

