Mon. May 6th, 2024

देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए

Ministry-of-Health

काठमाडौं, २०७७ माघ १५ गते बिहीबार

देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८ हजार ७ सय ३२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गदै हालसम्म प्रदेश १ मा ३ हजार ८ सय ४७ जना, प्रदेश २ मा २ हजार १ सय ७४ , बागमती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७  र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरिसको जानकारी गराएको छ ।

पहिलो चरणको प्राथमिकतामा परेका र आजसम्म खोप पाएको व्यक्तिहरू मध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या देखा नपरेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

यसैबिच, कोरोना भाइरसको सङ्क्रमणबाट आज २ सय ९६ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव १ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज देशभर ३ हजार ७ सय ९१ वटा पीसीआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।

३ हजार २ सय ३ जना सक्रिय संक्रमित मध्ये १ सय ४६ जनाको आइसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रेडियो नेपाल

Facebook Comments