Sun. May 19th, 2024

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुवै गुटलाई छलफलका लागि बोलायो

काठमाडौं, २०७७ माघ १५ गते बिहीबार

 निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै गुटलाई छलफलका लागि बोलाएको छ ।

आयोगले भोली (शुक्रबार) बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच पाँच जना व्यक्तिलाई बोलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि नेकपा दुई गुटमा विभाजन भएको छ । विभाजन पछि दैनिक जसो एक गुटले अर्को खेमालाई हदैसम्मका आरोप लगाउदै खसाल्ने गरिरहेका छन् ।

Facebook Comments