Mon. May 6th, 2024

चिनिया करोनाभ्याक्स खोप किन्ने मलेशिया सरकारको निर्णय

काठमाडौं, २०७७ माघ १५ गते बिहीबार

मलेशियाको स्वास्थ्य मन्त्रालयले जनवरी २६ तारिख जनाए अनुसार, मलेशिया सरकार तथा सरकारको स्वामित्वमा रहेको औषधि कम्पनी फर्मानीआगा बीच खोप किन्ने सन्धीमा हस्ताक्षर भएको छ।

सीआरआईका अनुसार सो सन्धी बमोजिम, मलेशियन औषधि कम्पनीले चिनियाँ खसिङ कम्पनीले अध्ययन तथा विकास गरेको करोनाभ्याक्स खोप किन्ने छ र मलेशियाको चिकित्सा तथा औषधि निगरानी विभागबाट अनुमोदन पाएपछि आउने अप्रिल महिनादेखि मलेशियालाई आपूर्ति गर्नेछ।

चिनियाँ खसिङ कम्पनीको खोपको परीक्षणको तेस्रो चरणको नतिजा सन्तोषजनक भएको कुरा मलेशियन औषधि कम्पनी फर्मानीआगाले जनवरी २६ तारिख सार्वजनिक गरेको हो।

Facebook Comments