Sun. May 19th, 2024

लोकप्रीय गायक ध्रुव केसी अब सम्झनामा मात्र

काठमाडौं, २०७७ माघ ८ गते बिहीबार

नेपाली आधुनिक गीतसंगीतका साधक तथा लोकप्रीय गायक धुव्र केसीको बिहीबार निधन भएको छ।

गायक केसीको उपचारका क्रममा बिहीवार दिउँसो ४: ४५ बजे अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको हो ।

केसी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित हुनुहुन्थ्यो । २०र३० को दशकमा नेपाली संगीतमा निकै उत्कृष्ट गीतहरु गाउनु भएका केसी नेपालमा नाम चलेका गायक हुनुहुन्छ ।

केसीको सर्वाधिक रुचाईएको गीत “मायालु हजार हुन्छन्”बोलको हो । पुराने पुस्तामात्र नभएर यो गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल भएको छ । गोपाल योन्जनको शब्दमा रहेको यो गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।

गायक केसीका ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’ ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’ लगायतका गीत चर्चित छन् ।

भ्वाइस अफ काठमाडौं परिवार प्रीय गायक धुव्र केसीको आत्माको चीर शान्तिको कामना गर्दछ ।

 

Facebook Comments