Mon. May 6th, 2024

दाहाल-नेपाल समूहले आज काठमाडौंमा सरकार विरुद्ध शक्ति प्रदर्शन गर्ने

काठमाडौं, २०७७ माघ ९ गते शुक्रबार

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुनस्स्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

आज काठमाडौंमा आयोजना हुने विरोध सभाका लागि नेकपाले निर्देशिका जारी गर्दै निर्धारित नाराहरु मात्र लगाउन आग्रह गरेको छ ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने संयोजक श्रेष्ठले बताउनु भयो । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments