Sun. May 5th, 2024

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो बुझाए

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड-माधव समूह र ओली समूहले जवाफ पठाएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुबै समूहबाट पत्र प्राप्त भएको जानकारी दिनु भएको छ तर पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।

ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताउनु भएको छ । यस्तो बेलामा संवैधानिक अंगले गल्ती कमजोरी गर्‍यो भने दुरगामी असर पर्छ भनेर पनि ध्यानाकषर्ण गराएको पौडेलले बताउनु भएको छ ।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको र प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

Facebook Comments