Mon. May 6th, 2024

विप्लव समूहका पश्चिम कमाण्डर धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका उच्च तहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ पर्नु भएको छ । उहाँलाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

उहाँ विप्लव समूहका पश्चिम कमाण्डर हुनुहुन्छ । उहाँसँगै अर्का नेता विवेक कुमाल पनि पक्राउ पर्नुभएको छ। कुमाल खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहयोगी हुनुहुन्छ ।

पछिल्लो पटक पक्राउ पर्नु भएका नेता बाँस्तोला विप्लव समूहका उच्च तहका कमाण्डर हुनुहुन्छ । प्रहरी स्रोतका अनुसार उहाँहरूको साथबाट डायरी, ल्यापटप र पार्टीको महत्त्वपूर्ण कागजात बरामद गरिएको छ ।

Facebook Comments