Sun. May 5th, 2024

प्रदेश एकलाई बालमैत्री घोषणा गरिने: मुख्यमन्त्री राई

काठमाडौं, २०७७ पुस २९ गते बुधबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्न लागेको बताउनुभएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरद्वारा मंगलबार विराटनगरमा आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेश स्तरीय छलफल कार्यक्रममा उहाँले बालमैत्री प्रदेश घोषणाका लागि प्रदेश सरकारले आवश्यक नीति, कानून निर्माण गरी प्रभावकारी कार्यक्रम अघि बढाउन लागेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरुलाई सक्षम र सबल बनाउनु आवश्यक नीति निर्माण गर्नु हाम्रो कर्तव्य भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहले बाल कल्याण अधिकारी तत्काल नियुक्ति तोक्नुपर्नेमा जोड दिदै वर्तमान अवस्थामा ३३ प्रतिशत बालबालिकाले जन्मदर्ता एवं पहिचानविहिन अवस्थामा रहेकोमा पालिकाहरुको ध्यानाकर्षण गराउनुभयो ।

सार्क राष्ट्र बालअधिकारको क्षेत्रबाट नेपालको प्रतिनिधित्व गर्ने प्रेनुशा पाण्डेले सामुदायिक र निजी विद्यालयहरुलाई शिक्षामा छात्रवृत्तिका लागि स्थानीय निकायले आवश्यक पहल गर्नुपर्नेमा जाोड दिनुभयो ।

छलफलमा प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख विभिन्न नगरपालिका, गाउँपालिकाका प्रमुख उपप्रमुख, बालवालिका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रमुख मानवअधिकार मञ्चका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता थियो । रेडियो नेपाल

Facebook Comments