Fri. Apr 26th, 2024

इन्डोनेशिया विमान बेपत्ता: उडेलगत्तै यात्रुवाहक विमान सम्पर्कविहीन

काठमाडौं, २०७७ पुस २५ गते शनिबार

इन्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।

श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।

प्रत्यक्षदर्शीका बयान

प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन देखेको बताएका छन्।

माछा मारिरहेका एकजना व्यक्ति सोलिहिनले बीबीसी इन्डोनेशियाली सेवासँग कुरा गर्दै दुर्घटना देखेपछि आफ्ना क्याप्टेनले जमिनतर्फ फर्कने निर्णय गरेको बताए।

उनले भने: “विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो। त्यो हामीबाट नजिकै भएको थियो। प्लाइवुडजस्तो एउटा अवशेषले झण्डै हाम्रो पानीजहाजलाई ठोकेको थियो।”

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसीलाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन्। बिबिसी

Facebook Comments