Sun. May 5th, 2024

उत्तर कोरिया: परमाणु हतियार वृद्धि गर्ने किम जङ-अनको प्रण

काठमाडौं, २०७७ पुस २५ गते शनिबार

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उहाँको मुलुकप्रतिको नीति कहिल्यै परिवर्तन नहुनेु बताउनु भएको छ ।

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताउनु भएको छ ।

उहाँको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पानीमुनि चल्ने परमाणु जहाज ९न्यूक्लियर सबमरिन० बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताउनु भयो ।

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उहाँको प्रतिक्रिया आएको छ।

विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्‍याउने प्रयत्न भएको ठान्छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा उत्तर कोरियाको पारमाणविक कार्यक्रम नियन्त्रण गर्नेबारे खासै ठोस प्रगति भएन।

वर्कर्स पार्टीको आठौँ कंग्रेसमा ‘शत्रु शक्तिले’ उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग नगर्ने उहाँले बताउनु भयो । बिबिसी

Facebook Comments