Thu. Apr 18th, 2024

तिब्बती जनताको बार्षिक जीवनयापन खर्च ३० खर्ब १९ अर्ब २० करोड रुपैया

काठमाडौं, २०७७ पुस २३ गते बिहीबार

चीनको तिब्बत स्वायत्त प्रदेशको वित्त विभागबाट प्रकाशित पछिल्लो तथ्यांक अनुसार सन् २०२० मा तिब्बती जनताको बार्षिक जीवनयापन खर्च १ खर्ब ७७ अर्ब ६० करोड युआन अर्थात ३० खर्ब १९ अर्ब २० करोड रुपैया भन्दा बढी रहेको छ । तिब्बतमा तेस्रो पञ्चवर्षीय योजना यता जनजीवनको खर्च वृद्धिदर प्रतिवर्ष १० प्रतिशत भन्दा बढी भएको छ।

सीआरआईका अनुसार तिब्बतले शहर-बस्तीका बासिन्दाको न्यूनतम जीवन ग्यारेन्टी प्रणालीमा सुधार गरेको छ। पाँच वर्षयता तिब्बतको शिक्षा खर्च प्रतिवर्ष सरदर १५ प्रतिशतले वृद्धि भएको छ।

सो अवधिमा तिब्बतले ६ अर्ब ३० करोड युआनको रोजगार अनुदान गरेर पूरै स्वायत्त प्रदेशमा २ लाख १० हजार ६ सय रोजगारी थप्नुका साथै दर्ता गरिएको बेरोजगारी दर ३ प्रतिशतभित्र कायम राखेको छ। तिब्बतले बहु-तह चिकित्सा बीमा प्रणालीको स्थापना गरेर प्रतिवर्ष चिकित्सा खर्च लगभग २० प्रतिशतले बढाएको छ ।

Facebook Comments