Wed. May 1st, 2024

बेवारिसे अवस्थामा गैँडाको खाग फेला पर्यो

काठमाडौं, २०७७ पुस २३ गते बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ।

निकुञ्जको मेघौलीमा खाग भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो।

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उहाँले जानकारी दिनुभयो । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो। अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन्। मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन्। निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन्। यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ। पन्ध्र वर्षभन्दा बढी समयदेखि फरार दुई अभियुक्त हालै पक्राउ परेका छन्। दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ।

Facebook Comments