Sun. May 5th, 2024

भारतको उत्तर प्रदेशमा मासन घाटको छानाले किचेर २३ जनाको मृत्यु

काठमाडौं, २०७७ पुस २० गते सोमबार

भारतको उत्तरप्रदेश राज्यको मुरादनगरमा एउटा मसान घाटको पक्की छानोले किचेर २३ जनाको मृत्यु भएको छ ।

आईतबार भएको सो घटनामा परी २० जना भन्दा धेरै घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, गाजियावादको मुरादनगरस्थित मसान घाटमा छत खसेको समयमा त्यहाँ अन्तिम संस्कार गरिन्दैथ्यो । घटनास्थलमा त्यत्तिवेला एक सय जना भन्दा धेरै मानिसहरुको सहभागिता रहेको थियो । संस्कारको समयमा ठूलो पानी परेकोले अधिकांश मानिसहरु मसानघाटमा निर्माण गरिएको भवनमुनी बसेका थिए । त्यत्तिनै वेला सो भवन खस्दा सो घटना भएको हो । घटनास्थलमा समयमै प्रहरी पुगेकोले ३८ जनालाई जिउदै उद्धार गरिएको थियो ।

घाईतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विविसीका अनुसार प्रहरीले दूर्घटनाको जाँच गरिरहेको छ ।

Facebook Comments