Fri. Apr 26th, 2024

चीनले अन्तरिक्ष कार्यको विकासमा नयाँ अध्याय लेख्दै

काठमाडौं, २०७७ पुस २० गते सोमबार

विगत एक वर्षमा चीनको अन्तरिक्ष कार्य सम्बन्धी अनेकन् समाचार आएका छन्:पै तौ ३ वैश्वीक उपग्रह नेभिगेसन प्रणाली औपचारिक रुपमा संचालनमा आएको छ। “थ्यान वन १” डिटेक्टरले मंगल ग्रहको सर्भेक्षण थालेको छ। चन्द्रमा सर्भेक्षण परियोजनाको “छाङ अ ५” डिटेक्टरको जिम्मेवारी सफल भएको छ। चीनको अन्तरिक्ष कार्यमा प्राप्त उपलब्धिले विश्वको ध्यानाकर्षण भएको छ। चालू वर्ष शुरु भएदेखि चीनको अन्तरिक्ष कार्यमा निरन्तर रुपमा खुसीलाग्दो समाचार आएका छन्:“थ्यान वन १” डिटेक्टरले चालू वर्ष मंगल ग्रहको परिक्रमा गर्ने ट्रयाकमा प्रवेश गरी उक्त ग्रहमा अवतरण गर्ने भएको छ। चीनले चालू वर्षको वसन्त ऋतुमा अन्तरिक्ष स्टेशनका लागि आन्तरिक मोड्युलको प्रक्षेपण गर्ने भएको छ।

अन्तरिक्ष कार्यमा संलग्न केही पुस्ताका कर्मचारीहरुको निरन्तर प्रयासपछि चीनको अन्तरिक्ष कार्य चिनियाँ विशेषतायुक्त विकासको बाटोमा लागेको छ। चीनले परमाणुविक र हाइड्रोजन बम र कृत्रिम उप-ग्रह, मानववाहक अन्तरिक्ष यान र चन्द्रमाको वैज्ञानिक सर्भेक्षणको उत्कृष्ट उपलब्धि प्राप्त गरेको छ। चीनले स्वप्रयासबाट आविष्कारको विकासको नयाँ बाटो लागेर अन्तरिक्ष सम्बन्धी गहन र महान भावना संकलन गरेको छ। चीनको अन्तरिक्ष कार्य शुन्य अवस्थाबाट विकसित हुँदै शक्तिशाली बन्दै आएको छ र अहिले विश्वमा उच्च प्रतिष्ठा भएको चिनियाँ पहिचान बनिसकेको छ।

सीआरआईका अनुसार सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ निर्णय र चिनियाँ जनताको ठूलो समर्थनमा चीनको अन्तरिक्ष कार्यले निरन्तर रुपमा अग्लो चुचुरो चढेर चमत्कार सिर्जना गरी मानवको साझा भाग्य समूदायको निर्माणका लागि योगदान पुर्‍याएको छ। महासचिव सी चिन फिङले “अन्तरिक्ष कार्यको विकास गरी अन्तरिक्ष सम्बन्धी शक्तिशाली मुलुकको स्थापनाको प्रयास गर्ने चिनियाँ सपना भएको” औंल्याउनुभएको छ। अन्तरिक्ष सपना भनेको चिनियाँ सपना पनि हो। अन्तरिक्षको हरेक पटकको सर्भेक्षण चिनियाँ सपनालाई अघि बढाउने सिंढी हो। स्वप्रयास गरेर चीन राष्ट्रले त्यसको पुन:उत्थान सम्बन्धी चिनियाँ सपनालाई साकार तुल्याउनका लागि निरन्तर रुपमा प्रयास गर्दै नयाँ अध्याय लेख्दै जाने छ।

Facebook Comments