Sat. Apr 20th, 2024

पछिल्लो २४ घण्टामा थप ४०३ मा कोरोना पुष्टि, ७ को मृत्यु

काठमाडौं, २०७७ पुस २० गते सोमबार

देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा ४ हजार ४०१ जनाको नमूना परीक्षण गर्दा ४०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९४ छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या दुई लाख ५५ हजार ८८ पुगेको छ ।

Facebook Comments