Mon. May 6th, 2024

कारको ठक्करबाट बाघको ज्यान गयो

फोटो गणेश आचार्य

काठमाडौं, २०७७ पुस १८ गते शनिबार

पूर्वपश्चिम राजमार्ग अन्र्तगत पथलैया-अमलेखगंज सडकखण्डको आधाभारस्थित सडकमा कारको ठक्करबाट एक पोथी पाटे बाघको ज्यान गएको छ ।

हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१ स्थित सडकमा निकुञ्जबाट शनिबार विहान साढे ७ बजे बाहिर निस्केको बाघलाई बाटो काट्ने क्रममा ठक्कर दिएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको र कार तथा कार चालक काठमाडौं महानगरपालिका २४ नयाँ बानेश्वर बस्ने अजयकुमार मिश्रलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रयत्यक्षदर्शी गणेश आचार्यका अनुसार मृतक बघिनीको शारिरको अन्य भागमा चोट नदेखिए पनि टाउकोमा गम्भीर चोट लागेर सडकमा बजारिएको थियो । निकुन्ज क्षेत्रभित्र पर्ने सडकमा विभिन्न चेतना र खबरदारी युक्ति होर्डिङ बोर्ड हरु समेत प्रशस्तै रहेता पनि सवारी चालकको लापरवाहीको कारण बघिनीको मृत्यु भएको स्थानीयबासीन्दाहरुको भनाई छ ।

निकुञ्जको बीचमा पर्ने राजमार्गमा गुड्ने सवारी साधनको व्यवस्थापन गर्न नसकिँदा वर्षेनी दर्जनौंको संख्यामा बाटो काट्ने क्रममा सवारी साधनको ठक्करबाट वन्य जन्तु मारिने गरेका छन् ।

Facebook Comments