Wed. Dec 25th, 2024

प्रतिगमनकारी शक्तिले नेकपा विभाजन गरायो : गृहमन्त्री थापा

काठमाडौं, २०७७ पुस १८ गते शनिबार

गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताउनुभएको छ । नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उहाँले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौं  ।

” अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताउनुभयो । यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायल मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहसन गर्न असन्तुष्ट नेता अभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गर्नुभयो ।

गोरखापत्र अनलाईनका अनुसार राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले महिलालाई प्राथमिकतामा राखी राष्ट्रपतिको पद दिएकाले उहाँको पथमा हिँड्नु प्रभावकारी हुने बताउनुभयो ।

Facebook Comments