Fri. Jan 9th, 2026

सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा मल्ल   

       

काठमाण्डू । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित हुनुभएको छ ।

यस्तै सङ्घको सदस्यमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित हुनुभएको निर्वाचन उपसमितिले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुगे-नपुगेका, सुगम, दुर्गम, क्षेत्रमा घरेलु सौर्य विद्युत् प्रणालीलगायत स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार, खानेपानी क्षेत्रमा सौर्य ऊर्जाका माध्यमबाट विद्युतीकरण गरी सेवा पुर्याउन सङ्घले भूमिका निर्वाह गर्दै आइरहेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाँले जानकारी दिनुभयो ।

सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थालाई सङ्गठित गर्ने उद्देश्यले निजी क्षेत्रको प्रयासमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ स्थापना भएको थियो । सङ्घमा हालसम्म १३८ उद्योग तथा कम्पनी आबद्ध छन् । सङ्घले यस वर्ष विविध कार्यक्रम गरी रजत जयन्ती मनाउँदै छ । रासस

Facebook Comments