Sun. May 10th, 2026

अजम्बरी साईनो सार्वजनिक

       

रमेश हतुवाली/काठमाण्डू । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका अवसरमा रे मिडिया ग्रुप, काठमाण्डूले प्रकाशित गरेको अजम्बरी साईनो नामक स्मारिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपालका लागि चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फान र रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले एक भव्य समारोहबीच सो स्मारिका लोकापर्ण गर्नुभएको हो ।

स्मारिकाका बारेमा बोल्नुहुँदै स्मारिकाका प्रधानसम्पादक व्याकुल पाठकले नेपाल चीन मैत्रीका बारेमा बुझ्न चाहने जो कोहीका लागि स्मारिका महत्वपूर्ण हुने बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार