Wed. May 1st, 2024

आगामी वर्ष चिनियाँ जीडीपी ७.९ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेप

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

आगामी वर्ष चिनियाँ जीडीपी ७.९ प्रतिशतले बढ्ने भएको छ । यो वर्ष केबल २ प्रतिशतले मात्रै वृद्धि भएको विश्व बैंकले जनाएको छ ।

सुधारिएको उपभोक्ता र व्यवसायीक मनोबल तथा श्रम बजारको अवस्थाका आधारमा देशको जीडीपी वृद्धि आगामी वर्ष महामारीपूर्वको अवस्थामा फर्कने बैंकको रिपोर्टमा उल्लेख छ ।

वृद्धि दर गृष्मकालिन समयमा गरिएको प्रक्षेपणसँग भने अपरिवर्तनीय रहने बैंकले जनाएको छ । तर चीन निकट समयको अनिश्चितताको अवस्थाबाट भने गुज्रने छ । भइरहेको नीति र अधिकतम कडाइले भने सुधारलाई ढिलो पार्न सक्छ । लचिलो र सहयोगी मौद्रिक नीतिका साथ चीनले वृद्धि ओरालो लाग्न सक्ने जोखिमको बिरुद्धमा आर्थिक चलखेलको प्रयोग गर्न सक्छ । यसले सार्वजनिक मागलाई निजीमा लैजाने कामको सुनिश्चितता गर्न सक्ने छ । कारोवार दैनिक

Facebook Comments