Sun. Jun 14th, 2026

एनपिएल : विराटनगर टस जितेर बलिङमा   

       

काठमाण्डू । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डू  गोर्खाज र विराटनगर किङ्स भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ । करण केसीको कप्तानीमा काठमाण्डू गोर्खाज विराटनगरसँग खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डू दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेकोे थियो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार