Thu. May 16th, 2024

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु, माधवलाई अध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो।

यसअघि नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो। स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ।

यस्तै आजको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई अनुशासनको कारबाही गर्ने जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर पार्टीप्रवक्ता प्रदीप ज्ञवालीलाई तोकेको छ। सोहो बैठकले ११सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ भने २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

Facebook Comments