Mon. Apr 29th, 2024

नेकपा ओली समूहको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनु भएको थियो ।

बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय समितिमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्नुभयो, जसलाई बैठकले अनुमोदन गरेको छ ।

अनलाईन खवरका अनुसार बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

Facebook Comments