Sat. Jul 27th, 2024

प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई हटाएर माधवलाई अध्यक्ष

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा मंगलबार दिउँसो वहुमत केन्द्रीय सदस्यहरुसहित बसेको बैठकले ओलीलाई निश्कासन गर्ने निर्णय गरेको हो । यस्तै अध्यक्ष पदमा माधव नेपाललाई बनाउने निर्णय पनि उक्त बैठकले गरेको छ । ४४७ केन्द्रीय कमिटीका ३१० केन्द्रीय सदस्यहरुले  बबरमहल बैठकमा हस्ताक्षर गरेका छन् । बैठकलाई प्रचण्ड,नेपाल, झलनाथ खनालगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।  प्रचण्डले ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक अवैधानिक भएको प्रतिक्रिया दिनु भएको थियो ।

केपी ओली नेतृत्वको समूहको भने आइतबार बिहान नै बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसेर ५५६ जना नयाँ सदस्य मनोनयन गर्दै केन्द्रीय कमिटि विस्तार गरेको छ। १९६ पद खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ। यसलाई नै महाधिवेशन आयोजक समिति बनाएको छ । त्यसको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ।

Facebook Comments