Sun. May 19th, 2024

थपिए ७ सय ४२ जना कोरोना संक्रमित, १ हजार ७९ डिस्चार्ज, थप ७ जनाको मृत्यु

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

पछिल्लो २४ घण्टामा थप  ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।   योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ५४ हजार ५१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ७९ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आज अपरान्हसम्म  नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ४ सय २१ जना संक्रमित छन् भने आइसोलेसनमा ७ हजार ९ सय ७६ जना संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

Facebook Comments