Mon. Jun 23rd, 2025

बामदेव गौतम भन्नुहुन्छ: पार्टी फुटको साक्षी बस्न सक्दिन

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी फुटको घोषणा गर्न मात्रै बाँकी रहेको कुनै पनि बैठक भेलामा भाग नलिने बताउनुभएको छ । सोमबार सचिवालयमार्फत् आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै नेता गौतमले सो कुरा बताउनुभयो ।

“अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु” उहाँले भन्नुभयो।

अध्यक्ष केपी शर्मा ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्, ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिन । नेता गौतमले धारणा सार्वजनिक गर्नुभयो।

आफू नेकपा पार्टी एकीकरण गराउनेमध्येको नेता भएकाले कुनै पक्षको भेलामा नजाने उहाँको अडान छ । उहाँले भन्नुभएको छ “म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । म त्यसैले अहिले पनि एकताको पक्षमा छु ।

Facebook Comments