Sat. Jul 27th, 2024

दाहाल-नेपाल समूहका सांसदको भेला : संसद बैठक बोलाउन माग

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरूको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।

सोमबार बानेश्वरस्थित संसद भवनमा बसेको भेलाले सरकारको पछिल्लो कदमलाई अस्वीकार गर्दै नियमित अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो। संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष भेलाले निकालेको छ।

साथै भेलाले प्रधानमन्त्रीको असंवैधानिक कदमका कारण देशमा उत्पन्न परिस्थितिमा एकताबद्ध भएर अघि बढ्ने संकल्प पनि गरेको छ।

भेलाले बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ। नागरिक दैनिकका अनुसार भेला सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता माधव नेपालले आफू अल्पमतमा परेपछि ओलीले असंवैधानिक कदम चालेको बताउनु भयो । ‘ओलीले संविधानको स्प्रीटविरूद्ध निणर्य गर्नुभएको छ,’ उहाँले भन्नुभयो,‘हामी आलीको कदमको घोर विरोध गर्दछौं।’

Facebook Comments