Sun. May 19th, 2024

विश्वभर एकै दिन थपिए ५ लाख ३७ हजार भन्दा धेरै कोरोना संक्रमित, ७ हजार ८ सय भन्दा धेरैको मृत्यु

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण आईतबार मात्र विश्वभरी ५ लाख ३७ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

यो संख्यासँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७१ लाख ४९ हजार ८ सय ४० पुगेको वल्र्ड ओ मिटरले जनाएको छ । ति मध्ये हालसम्म १६ लाख ९९ हजार ९९ जना संक्रमितको मृत्यु भएको छ भने ५ करोड ४० लाख ४९ हजार ४ सय ३२ संक्रमित कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ८ सय भन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

Facebook Comments