Sun. May 19th, 2024

इजरायलमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

इजरायलमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

त्यहाँका विभिन्न दश वटा अस्पताल र खोप केन्द्रबाट आईतबारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्यकर्मी पछि ६० वर्ष भन्दा माथिका उमेर समुहका नागरिकलाई खोप लगाउने तयारी छ ।

स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गर्नु अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र स्वास्थ्यमन्त्रीले एकसाथ खोप कार्यक्रमको सुभारम्भ गर्नु भएको हो । उहाँहरुले पनि फाइबर र बायोटेकले विकास गरेको खोप लगाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

Facebook Comments