Sat. May 18th, 2024

प्रधानमन्त्री शितलनिवासबाट फिर्ता, २०७८ बैशाक २३ गते आमचुनाव गर्ने प्रस्ताव

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासबाट फर्किनुभएको छ । मन्त्रिपरिषदको बैठकपछि संसद विघटनको सिफारिस लिएर शितलनिवास पुग्नुभएको प्रधानमन्त्री ओली बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार प्रधानमन्त्री ओली भर्खर शितलनिवासबाट बालुवाटार फर्किनुभएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले शितलनिवासमा राष्ट्रपति विद्यादेबी भण्डारीसमक्ष २०७८ बैशाक २३ गते आमचुनाव गर्ने प्रस्ताव गर्नुभएको छ ।

आम चुनावको मिति २९ बैशाकको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

Facebook Comments