Sun. May 5th, 2024

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो ।

ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहनु भएको थियो । प्रचण्डसँग कुनै न कुनै विन्दूमा सहमति गर्न सकिने आशाका साथ खुमलटार पुग्नु भएका प्रधानमन्त्री ओली निसाश भएर फर्कनु भएको थियो । शनिवार साँझ नै प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेबी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो ।

Facebook Comments