Thu. May 9th, 2024

सर्वोच्च अदालत बार एशोसिएशनको निर्वाचनमा मिश्रित परिणाम

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

सर्वोच्च अदालत बार एशोसिएशनको निर्वाचनमा मिश्रित परिणाम प्राप्त भएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनको ३३औँ कार्यसमितिको शनिबार सम्पन्न निर्वाचनमा बृहत् लोकतन्त्रवादी समूहको तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्यसहित १० जना उम्मेदवार विजयी भएका छन् ।

प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र चारजना सदस्य विजयी भएका छन् ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित हुनुभएको छ । उहाँले प्रगतिशील समूहका अध्यक्षका दाबेदार रवि नारायण खनाललाई ४५ मतले हराउनु भएको थियो ।

उपाध्यक्षमा भने प्रगतिशील प्यानलबाट मुकुन्दप्रसाद पौडेल विजयी हुनु भएको छ । । पौडेलले लोकतान्त्रिकबाट प्रत्याशी रहेका नमराज रिजाललाई ३० मतान्तरले पराजित गर्नु भएको हो ।

लोकतान्त्रिक प्यानलकै तर्फबाट सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की र महिला सदस्यमा अमिता गौतम पौडेल विजयी हुनुभएको छ ।

यसैगरी, नौजना सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, रामहरि त्रिपाठी र निर्मला भण्डारी रहनु भएको छ । लुइँटेल, कार्की, पाण्डे, र शाह प्रगतिशील प्यानलका हुनुहुन्छ ।

 

Facebook Comments