Mon. May 20th, 2024

चिनी उद्योगका मालिकहरुलाई जनकारवाही गर्ने विप्लव जनसरकारको चेतावनी

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

विद्रोही नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित केन्द्रय सत्ता केन्द्रीय जनपरिषद् नेपालले उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै किसानमारा चिनी उद्योगका मालिकहरुलाई जनकारबाही गर्ने चेतावनी दिएको छ ।

जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले शनिबार विज्ञप्ति जारी गर्दै अविलम्व उखु किसानको रकम भुक्तानी नगरिए चिनी उद्योगका ठग मालिकहरुलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

जनपरिषद् प्रमुख बुढामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चिनी उद्योगका मालिकहरुबाट लामो समय शोषण र उत्पीडन झेल्दै आईरहेका र सरकारबाट समेत ठगिएर आफ्नो पसिनाको मूल्य पाउन पटकपटक सडका उत्रिन बाध्य उखु किसानहरुको समस्या र आन्दोलनबारे जनसत्ताको तर्फबाट गम्भिर र सूक्ष्म अध्ययन भैरहेको छ । सरकार नै साक्षी बसेर भएको सहमती कार्यान्यन गराउन पनि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउनु यो राज्यव्यवस्थाको चरम लापरबाही, गैरजिम्मेवारी, निकम्मापन र असफलता हो । केन्द्रय जनपरिषद् उखु किसानहरुको यो आन्दोलनप्रति पूर्ण साथ र ऐक्यवद्धता प्रकट गर्दछ ।”

 

Facebook Comments