Wed. May 27th, 2026

गृहमन्त्री अर्याल जनकपुरधाममा   

       

जनकपुर । आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुग्नुभएको छ ।

दुई दिनका लागि यहाँ आउनुभएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत हुनुहुन्छ ।

उहाँहरुले जनकपुरधामको विभिन्न छठ घाटहरुको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा आवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भोलि मङ्गलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read