Sat. Apr 20th, 2024

चीनको छाङ् अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

काठमाडौं, २०७७ पुस २ गते बिहीबार

चीनको छाङ् अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ ३० बजे चीनको भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ।

सिन्ह्वा न्यूज एजेन्सीका अनुसार अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ। यो अभियान चीनले अन्तरिक्ष विज्ञानमा प्राप्त गरेको उच्च सफलता पनि हो ।

Facebook Comments