Sat. Apr 20th, 2024

प्रधानमन्त्री पक्षधर भन्छन्: कामै नहुने स्थिति भएपछि अध्यादेश

काठमाडौं, २०७७ पुस १ गते बुधबार

सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्री पक्षधर नेताहरुले कामै नहुने स्थिति भएपछि अध्यादेश ल्याउनु परेको बताउनु भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काम नहुने स्थिति आएपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताउनु भएको छ ।

सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको पोखरेलले टिप्पणी गर्नुभयो ।

‘अध्यादेशको आवश्यकता पहिलादेखि नै थियो,’ पोखरेलले भन्नुभयो, ‘संवैधानिक परिषद्मा कामै नहुने स्थिति भएपछि अध्यादेश आएको हो।’

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान कार्यान्वयनकै लागि ल्याउनुपरेको बताउनु भएको छ ।

भट्टराईले संवैधानिक परिषद् अनिणर्यको बन्दी भएकाले अध्यादेशमार्फत् नयाँ प्रावधान ल्याइएको बताउनु भयो । । ‘यो सरकारले संविधान कार्यान्वयनको दायित्व बोकेको छ । तर, दुई तीन वर्षदेखि आयोगहरु खाली छन्’ भट्टराईले भन्नुभयो, ‘सरकारले संविधान कार्यान्वयन गरेन भन्ने प्रश्न पनि उठाउने ? अनि, कार्यान्वयन गर्ने सवै बाटो ब्लक गरेर राख्ने ?’

संविधान कार्यान्वयनको बाटो खोल्न नै अध्यादेश ल्याइएको उनको तर्क छ । संविधान कार्यान्वयनमा बाधक प्रावधान अध्यादेशबाट सच्याइएको उहाँले बताउनु भयो । ‘कहिले को अनुपस्थित हुने, अनि कहिले को अनुपस्थित हुने भयो । त्यसैकारण यस्तो अध्यादेश ल्याउन बाध्य हुनुपर्‍यो’, उहाँले भन्नुभयो । संविधान कार्यान्वयनमा बाधक प्रावधान अध्यादेशबाट सच्याइएको भट्टराईले बताउनु भयो । ‘कहिले को अनुपस्थित हुने, अनि कहिले को अनुपस्थित हुने भयो । त्यसैकारण यस्तो अध्यादेश ल्याउन बाध्य हुनुपर्‍यो’, उहाँले भन्नु भयो ।

Facebook Comments