Sat. May 9th, 2026

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीनवटा देशका तीनजना रसायनशास्त्रीलाई दिने घोषणा   

अक्टोबर ८, २०२५ मा स्वीडेनको स्टकहोममा रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले घोषणा गर्दा २०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार (LtoR) का विजेताहरूको चित्र भएको स्क्रिन देखिएको छ। जापानका सुसुमु कितागावा, बेलायतमा जन्मेका रिचर्ड रोबसन र अमेरिकी-जोर्डनियन ओमर एम. याघीले तथाकथित धातु-जैविक ढाँचा विकास गरेकोमा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका थिए, नोबेल निर्णायक मण्डलले अक्टोबर ८, २०२५ मा भने। (फोटो जोनाथन नेकस्ट्रान्ड / एएफपी द्वारा)

       

स्टकहोम । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा दिने घोषणा नोबेल पुरस्कार छनौट समितिले बिहीबार गरेको छ ।

पुरस्कार समितिका अनुसार ’मेटल–अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) को विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो।

समितिका अनुसार उनीहरूले ’मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन्। धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्।

यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा हुनेछ।

क्योटो विश्वविद्यालयमा प्राध्यापक कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो। पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताउनुभयो ।

यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। उहाँ बक्र्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक हुनुहुन्छ ।

रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने उहाँ अहिले मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।

उनीहरूले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए। त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन्। एएफपी

Facebook Comments

सम्बन्धित समाचार