Fri. Mar 21st, 2025 07:43:36

मानवीय गरिबी निवारण अनुभव अन्तर्राष्ट्रिय मञ्च पैचिङमा शुरू, गरिबी उन्मुलन मानवजातिको साझा आदर्श रहेको चिनिया राष्ट्राध्यक्ष सीको भनाई

काठमाडौं, २०७७ मंसिर ३० गते मंगलबार

मानवीय गरिबी निवारण अनुभव अन्तर्राष्ट्रिय मञ्च डिसेम्बर १४ तारिख सोमबारदेखि चीनको राजधानी पैचिङमा शुरू भएको छ । सो मञ्चलाई शुभकामना सन्देश पठाउनु हुँदै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गरिबी उन्मुलन मानवजातिको साझा आदर्श रहेको र चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले यसका लागि दीर्घकालीन प्रयास गरेको बताउनु भएको छ ।

“८ वर्षको अथक प्रयासपछि चालू वर्षमा चीनमा लागू भएको मापदण्डमा ग्रामीण क्षेत्रका गरिब जनसंख्या सबै गरिबमुक्त भएका छन्। जसबाट विश्वको गरिबी निवारण महाकार्यको लागि महत्वपूर्ण योगदान दिएको छ। चीनले निरन्तर रूपमा संयुक्त रूमा धनी बनाउन प्रयास गर्दै जनताको हित-कल्याणको स्तरलाई उकास्दै जानेछ।” राष्ट्राध्यक्ष सीले सन्देशमा भन्नु भएको छ ।

सीआरआईका अनुसार शुभकामना सन्देशमा उहाँले विश्वमा हाल महामारी फैलिरहेको कारणले गरिबी निवारणसामु गम्भीर चुनौती देखा परेको भन्दै चीनले विभिन्न मुलुकसँगै मिलेर अन्तर्राष्ट्रिय क्षेत्रमा गरिबी निवारण प्रक्रियालाई अघि बढाउँदै मानव समुदायको संयुक्त रुपमा भाग्य निर्माण गर्दै जाने बताउनु भएको छ ।

Facebook Comments