Tue. May 14th, 2024

नानचिङ नरसंहार पीडितहरूको राष्ट्रिय स्मरण समारोहको आयोजना

काठमाडौं, २०७७ मंसिर २९ गते सोमबार

चीनको नानचिङ शहरमा नानचिङ नरसंहार पीडितहरूको राष्ट्रिय स्मरण समारोहको आयोजना गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदले आईतबार (१३ तारिख) बिहान नानचिङमा सन् २०२० नानचिङ नरसंहार पीडितहरूको राष्ट्रिय स्मृति समारोहको आयोजना गरेको हो । सो समारोहलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् संगठन विभागका प्रमुख छन सीले सम्बोधन गर्नुभएको थियो ।

सीआरआईका अनुसार सो समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नानचिङ नरसंहारका पीडितहरू, जापानी अतिक्रमणबाट मारिएका सबै देशबन्धु, जापानी अतिक्रमण विरूद्ध ज्यान अर्पण गरेका क्रान्तिकारी राष्ट्रिय बहादुर, शहिद, चिनियाँ जनतासँग मिलेर जापानी अतिक्रमणलाई पराजित गरेका अन्तर्राष्ट्रिय सेना र मित्रलाई सम्झना गरेर चिनियाँ जनताले इतिहासलाई स्मरण गर्दै शान्तिको माया गरी सुखद् भविष्यको सिर्जना र शान्तिपूर्ण विकासको बाटोमा अडिग रहने इच्छा यस स्थलमा उपस्थित भएर प्रकट गरिएको बताउनुभयो।

सो श्रद्धाञ्जली सभामा उपस्थित भएका मानिसहरुले जापानी अतिक्रमणबाट मारिएका ३ लाख चिनिया जनताको सम्मानमा एक मिनेट मौन धारण गरे त्यत्तिवेला पुरै नानचिङ शहरमा साईरनको आवाज सुनियो ।

Facebook Comments